असार २५, काठमाडौं । नेपाली काग्रेसका नेता, पूर्व स्वास्थ्य मन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारलाई आन्दोलनकारीको संख्या र संसदमा टाउको गनेर कसैको आवाज नदवाउन चेतावनी दिएका छन् ।
संघिय संसदमा वोल्दै सांसद थापाले चिकित्सा शिक्षा विधेयक र डा। गोविन्द केसीको अनशनको विषयमा संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले भने ‘सत्यको पक्षमा फगत एक जना भए पनि पुग्छ । आज गोविन्द केसी सत्यको पक्षमा उभिनु्भएको छ । मान्छे कति छन् नगन्नुस्, कति टाउको छ नहेर्नुस्, सदनको टाउको पनि नगन्नुस्’ उनले भने ‘म प्रधानमन्त्रीलाई शुभकामना दिन चाहन्छु ।’
सांसद थापाले डा। केसी कुनै स्वार्थ र झण्डा उनीसँग नभएको भन्दै थापाले चिकित्सा शिक्षा सुधारको नशामात्र उहाँसँग रहेको बताए । उनले भने ‘उहाँलाई चिन्नुस्, उहाँसँग कुनै झण्डा छैन । लोभ छैन, स्वार्थ छैन । केवल नशा छ, नेपालको चिकित्सा शिक्षाको क्षेत्र सुधार्ने नशा छ । त्यो नशा कसैले नजर अन्दाज गरेर उत्रिदैन । कसैले तर्साएर पनि उत्रदैन ।’










प्रतिक्रिया दिनुहोस्