राजनीति

डा. केसीको सस्तो र अलोकप्रियताको बैसाखी टेकी राजनीति गरे इतिहासकै दुर्भाग्य : सांसद वस्नेत



असार २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसले डा. गोविन्द केसी र गंगामायाको सस्तो, अलोकप्रियताको बैसाखी टेकी आफ्नो राजनीति वचाउन खोजेको हो भने इतिहासको सवैभन्दा ठूलो दुर्भाग्य हुने बताएका छन् ।

आज संघिय संसदमा प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावका क्रममा आफ्नो धारणा प्रस्तुत गर्दै सांसद वस्नेतले हुम्लामा आमरण अनसनमा रहेका डा. केसीलाई भेट्न नेपाली काग्रेसका सांसदहरुले जुस लिएर जानुपर्नेमा सल्यानको पानी लिई र डा. केसीलाई दिएको सल्यान पानीले शेरवहादुर देउवा तथा नेपाली काग्रेसको तागत नवढ्ने बताउँदै यस्तो घृणित कार्य भण्डाफोर हुने बताए ।

जीवनभर सुगम क्षेत्रमा काम गरेका डा. केसी आज दुर्गम क्षेत्रमा गई अनसन कायम राखेको भन्दै सांसद वस्नेतले युएस वंगला विमान दुर्घटनाका १५ क्रममा जना नेपालीको मृत्यु भएको विषयमा गंभिर नभएको नेपाली काग्रेस डा. केसीको विषयमा यती धरै कुरा उठान गर्दा पहिले दुर्घटनाको समयमा कुन दुलामा लुकेर बसेको थियो ? भनि यसको जवाफ नेपाली काग्रेसले दिनुपर्छ समेत बताए ।

प्रमुख प्रतिपक्षिदलले डा. केसीले उठाएका मागहरु एउटा नयाँ वहसको विषय वनाएको भन्दै सांसद वस्नेतले विदेशि विश्वविद्यालयलाई टेवा पुग्ने र विशेष गरी त्यो क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुले दिएको कमिसनको खेलले संसदमा यो विषयले प्रवेश त पाएको हैन ? भनि प्रश्न समेत गरेका छन् । आफ्नो धारणा राख्दै सांसद वस्नेतले आजको यो विषयले संसदिय सर्वोच्चको पक्षमा छौं कि सडकको सर्वोच्चताको पक्षमा छौं ? भनि प्रश्न समेत गरे ।

वर्तमान समय ढुङ्ग, मुडा, टायर वाल्नेको विरुद्ध लोकतन्त्र ल्याएको संविधान वनाएको भन्दै सांसद वस्नेतले अराजकतालाई निश्चित क्षेत्रमा विरोध गर्न पाउने एउटा अधिकार प्रस्ताव गरेको छ त्यो प्रस्तावको नाममा प्रतिपक्षिदलले डा. केसीलाई हतियारको रुपमा प्रयोग गरेको समेत बताए । उनले भने डा. केसीले उठाएका कुराहरु ऐनमा राख्ने कि यो नियमावालीमा राख्ने हो ? भन्ने वहसको विषय भएको तर त्यसैलाई आधार बनाई काग्रेसको साथमा चिकित्सक संघले यी यी कुरारु भएन भने हामी इमर्जेन्सी लगायतका सवै सेवा सुविधाहरु वन्द गर्छौ, प्रधानमन्त्री ओलीले भनेका यी यी कुराहरु चित्त वुझेन भनि जुन उर्दी दिनु चिकित्कस संघ नेपाली काग्रेसको चिकित्सक संघ होकी सवैको चिकित्कस संघ हो ? भनि प्रश्न समेत गरे ।

सांसद वस्नेतले भने ‘विरोध गर्ने बहानामा आज स्वास्थ्य क्षेत्रमा जुन ढंगले आन्दोलनको घोषणा गरी धम्की आइरहेको छ, त्यसको निम्ती हामी सचेत हुनुपर्छ र यो मुलुकलाई चक्का जाम, ढुङ्गा, मुडा, ताडफोडको दिशामा लान खोजिदैछ । यसको निम्ती आवश्यकता अनुसार सचेत तथा तयारीका साथ अघि वढ्नसपर्छ ।’ उनले अराजक दिशामा लाने वाटोमा कहीँ कतै नेपाली काग्रेस बन्दैछ की भन्ने कुरामा काग्रेसले नै ध्यानदिनुपर्ने समेत बताए ।

सांसद वस्नेतले भने ‘कुनै पनि समस्या समाधानकोवाटो संवाद र छलफल हुने भन्दै द्वन्द्वका समयमा १४ हजार मानिसको मृत्यु भएको र त्यसको निम्ती शान्ती प्रकृयाका साथ मेलमिलाप आयोग बनाइरहेका छौं, जसको माध्यमबाट स्थायी समाधानको बाटो खोजीएको छ ।’

गोविन्द केसीले उठाएको काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न पाउनेकी नपाउने भन्ने एउटा वहसको विषय हुन सक्छ, एउटा युनिभर्शिटिले कतिवटा सम्बन्धन दिने ? भन्ने वहसको विषय हो । यसमा आम गरिव नेपालीका छोरा छोरीले एमविविएस नेपालमै पढ्न पाउने की नपाउने ? भन्ने पश्न चिन्ह समेत खडा गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार ४९८ जना विद्यार्थी एमविविएस पढ्न विदेश गएको जसमा ३९७ जना बंगलादेशमा मात्र गएको पाइएको भन्दै यत्रो ठूलो मात्रामा रकम खर्च गरी विदेश पढ्न जानुपर्ने बाध्यतालाई हटाउनेको निम्ती नेपालीमा मेडिकल कलेजहरु खोल्नुपर्ने बाध्यता समेत रहेको बताए ।