असार २५, भक्तपुर । भक्तपुरका महिला उद्यमी भेलाले १५ सदस्यीय साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्य समिति गठन गरेको छ ।
आज साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका सभापति नवराज गेलालले उद्यमी व्यवसायको विकासको लागि आवश्यक सहयोग गर्न समिति हरबखत तयार रहेको बताएका छन् । देश विकासको मेरुदण्डको रुपमा साना तथा मझौला उद्यमी रहेको जसका कारण देशको आर्थिक उन्नती तथा प्रगतिको बाटो अघि वढेको बताउँदै सभापति गेलालले थोरै लगानीमा मानव जीवन जीउने आधारको रुपमा साना तथा मझौला व्यवसायि रहेको उल्लेख गरे ।
कार्यक्रममा अन्य अतिथिहरुले उद्योग व्यवसायको विकासबाट नै आर्गिक विकास हुने र समृद्ध नेपाल निमार्ण हुने भएकाले साना तथा मझौला व्यसायको विकास अनिवार्य रहेको बताए ।
कार्यक्रममा अतिथिका रुपमा साना तथा मझौला व्यवसायी महासंघ नेपालका अध्यक्ष बाबुकाजी महर्जन, प्रथम उपाध्यक्ष इनु पौडेल, महासचिव कुमार भुजेल, सचिव सुलोचना राजभण्डारी, कोषाध्यक्ष राजुकेशर विष्ट, सदस्य रविन थापा, सूर्यविनायक नगरपालिका उपमेयर जुना वस्नेत, चागुँनागरयण नगर उपप्रमुख बिना वास्तोला, महिला विकास अधिकारी निला घिमिरे रहेका थिए ।










प्रतिक्रिया दिनुहोस्