असार २६, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले डा. गोविन्द केसीले उठाएको जायज मागहरु सम्बोधन हुने तर उनका मागहरु हुबहु सम्बोधन नहुने बताएका छन् ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले डा. केसीले उठाएका चिकित्सा विधेयक सम्बन्धी केही मागहरु जायज रहेको तर केही मागहरु जायज नभएको बताए । कुनै पनि मागहरुलाई सम्बोधन गराउने सर्वोच्च निकाय संसद भएकाले संसदको निर्णय नै अन्तिम हुने बताए ।
लोकतान्त्रीक गणतन्त्रमा जनताले विरोध गर्नु मौलिक हक भए विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको पनि अधिकारको विषय भएको बताए । सरकारले निश्चित स्थान तोक्दैमा सरकालाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएको बताए ।
देशको नीति नियम र कानुन भन्दा माथि कोही नहुने भन्दै सवै नेता तथा जनता समान भएकाले सवैले देशको कानुनलाई मान्नुपर्ने भन्दै उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्वीकृति बिना नै भएको देखिएको र विधिअनुरुप नभएकाले उनलाई क्यानडा जान नदिएको स्पष्ट पारे ।










प्रतिक्रिया दिनुहोस्