असार २६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका केन्द्रिय सचिव दिपक जिएमले आफ्नो ३६ औं जन्मजयन्ती रिह्याप सेन्टरमा मनाउँदै सेन्टरमा रहेका युवालाई प्राविधिक तालिम दिने तयारी रहेको बताएका छन् ।
काठमाडौंको सुन्दरीजलमा आस्रय समाजद्वारा सञ्चालित रिह्याप सेन्टरमा रहेको करिव ७० जना युवाहरुलाई जन्मदिनको उपलक्ष्यमा सचिव जिएमले खानपानको व्यवस्था गरेको थिए । उक्त सेन्टरमा कुलत तथा दुव्र्यसनिमा लागेका युवाहरुलाई सुधार्ने उद्देश्यका साथ सञ्चालन गरीएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपाकी कन्द्रिय सदस्य दिलकुमारी पन्त रहेकी थिइन् । कार्यक्रममा वोल्दै नेतृ पन्तले नेपालको नेतृत्व लिई देशलाई हाक्न सक्ने क्षमता भएका युवाहरुले कुनै पनि प्रकारको कुलत तथा दुव्र्यशनिमा लाग्नु नहुने बताउँदै लागेकालाई क्रमश छुटाउने कार्यमा उत्प्रेरणा जगाएकी थिइन् ।
कार्यक्रममा वोल्दै सचिव जिएमले कुलतमा लागेका युवालाई यस्तो प्रकारका कार्यमा नलाग्न आग्रह गर्दै आगामि दिनमा सेन्टरमा सुधार गर्नको निम्ती रहेका युवाहरुलाई ६ महिनाको तालिम दिई आयआर्जन मुलक तथा आर्थिक उपार्जनमुलक तालिमको व्यवस्था गर्ने तयारी गरेको जानकारी दिएका छन् ।
कार्यक्रममा संघकि उपाध्यक्ष कान्ति वुर्लाकोटी, महासचिव नरेश शाही, सदस्य रुद्र श्रेस्ठ, लेखा आयोग सदस्य सुदर्शन बजगाईं, नेता अजित लामा, दिपक लामा लगायतका संघका नेता, कार्यकर्ता तथा सुभचिन्तकको सहभागिता रहेको थियो ।











प्रतिक्रिया दिनुहोस्