Banner News

बार्ता र सम्वाद नै समस्या समाधानको उत्तम उपाय, आन्दोलन औचित्यहिन : मन्त्री अर्याल



असार २७, काठमाडौं । जनसंख्या तथा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले कुनै पनि समस्याको समाधान भनेको बार्ता र सम्वाद भएको बताउँदै कुनै पनि प्रकारको अनौतिक आन्दोलनको औचित्य नहुने वताएकि छिन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले जुम्लामा अनसनरत डा। गोविन्द केसीका मागहरु पूरा गर्न र समस्या समाधान गर्न सरकार तयार रहेको स्पष्ट पारेकी छिन् । मन्त्री अर्यालले भनिन् चिकित्सा शिक्षा विद्येयक संसदमा पुगेको, संसदले नै केसीले उठाएका मागहरुलाई बैधानिकता मन्त्री अर्यालले बताइन् । उनले थपिन, ‘उहाँले चाहेको संशोधनलाई सांसदहरुमार्फत कुराहरु राख्न सक्नुुहन्छ, कानूनी बाटोबाट मात्रै समस्या समाधान हुन्छ, अनसन बसेर हुँदैन, हिजोका दिनहरुले पनि यही कुराहरु देखाईसकेको छ ।’

‘डा। केसीले अनसन सुरु गरेदेखि नै सरकारले वार्तामा आउन आग्रह गर्दै आएको हो, सूरुमा उहाँ आफै वार्तामा आउन नचाहेको बताईन् । उनले भनिन् डा. केसीले उठाएका मागहरुको बारेमा सरकार गम्भिर छ, केही मागहरुको बारेमा विवाद पनि छ, पक्ष र विपक्ष भएर समस्या समाधान हुँदैन, मैले भनेकै हुनुपर्छ भनेरपनि हुँदैन ।’ मन्त्री अर्यालले डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति गम्भिर रहेको बताउँदै उहाँको स्वास्थ्य अवस्था बिग्रिँदै गैरहेको छ, काठमाडौंमा ल्याएर उहाँको स्वास्थ्य उपचार गर्ने र वार्ता गर्ने सरकारले तयारी गरिसकेको छ, यदि उहाँ काठमाडौं आउन मान्नुभएन भनेपनि सरकारी टोली जुम्ला गएर वार्ता तथा सम्वादमार्फत सहमति गरेर उहाँको अनशन तोडाउँछ ।’

मन्त्री पौडेलले भनिन् डा। केसीको समर्थन गर्दै चिकित्सकहरुले आन्दोलनको घोषणा गरेकोमा आपत्त जनाउँदै भनिन् अस्पतालमा कार्यरत कर्मचारीहरुको काम विरामीको उपचार गर्ने भएकाले आफ्नो कार्यलाई निरन्तरता दिन आग्रह गर्दै चिकित्सक संघले आन्दोलन गरेर समस्याको समाधान हुन नसक्ने बताएकी छिन् ।