असार २८, चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा। गोविन्द केसीको माग हुबहु कार्यान्वयन हुन नसक्ने बताउँदै कुनै व्यक्तिले यो या त्यो गर भनेर निर्देशन गर्न नमिल्ने बताएका छन् ।
भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सार्वभौम अधिकार सम्पन्न संसद भन्दा माथि कोही पनि नहुने भन्दै कसैले भनेकै भरमा सबै माग सम्बोधन हुन नसक्ने प्रष्ट पारे ।
अध्यक्ष प्रचण्डले भने प्रतिवेदन माथि थपघट गर्ने अधिकार सरकारलाई र चिकित्सा शिक्षा विधेयकबारे अन्तिम फैसला संसदले गर्छ ।’
यसैबीच अध्यक्ष प्रचण्डले छविलाल पौडलले अदालतको फैसलालाई सम्मान गर्दै समस्या समाधानका लागि सकारात्मक वातावरण बनाएको बताउनु भयो ।
त्यस्तै अध्यक्ष प्रचण्डले प्रदेश नं. ३ को स्थायी राजधानी चितवन हुनुपर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्