असार २८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँच पोखरीथाङपाल गाउँपालिकास्थित सल्लेमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप थाङपालकोट र थाङपालधापको सिमाना फ्याफुला डाँडामा दुर्घटना भएको हो । जीपको अचानक स्टार्ट बन्द भई सडकबाट करिब ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।
पानी परेको कारणले बाटो बिग्रिएको र बेलुकाको समय जसमा वर्षाका कारण उद्धार कार्यमा समस्या भएको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा दुई जना पुरुष र एक जना महिला भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्