असार २९, भक्तपुर । अविरल वर्षा पछि आएको बाढी पहिरोमा परि भक्तपुरमा २२ वटा कच्ची घर भत्कीएका छन् भने सयौं घरपरिवार विस्थापित भएका छन् ।
हिजो परेको अविरल वर्षाका कारण भक्तपुरका ठिमी, सूर्यविनायक, चाँगुनारायण, जगाती, दुवाकोट, राधेराधे, लिबाली, सल्लाघारी, सृजनाचोक लगायतको क्षेत्र डुबेको थियो । बाढीले ५० घरका परिवार विस्थापित भएका छन् । चाँगुनाराण र सूर्यविनायक नगरपालिकामा रहेका कच्ची घर भत्किएको हो ।
दिनभरी त्रासमा रहेका बाढी प्रभावितले जाग्राम बसेरै रात बिताएका छन् । पानी पर्न कम भएसँगै बाढीको जोखिम कम भए पनि घरको भूईं तलामा जमेको पानी निकाल्न सकिएको छैन । केहीले मेसिन लगाएर घर भित्रको पानी फ्याँकेका छन् तर धेरैको घरमा पानी अझै पनि जमिरहेको छ ।
बाढीले घरमा रहेको समानसँगै गोदामहरु पनि डुबाएकाले करोडौँं रुपैयाँको नोक्सानी भएको छ । विवरण आउन भने बाकी रहेको छ ।
वाढी तथा पहिरो प्रभावित क्षेत्रमा भक्तपुरका प्रतिनिधिसभा सांसद मेहश वस्नेतको नेतृत्वको टोलीले प्रत्यक्ष रुपमा पिडितहरुसँग सकार्य र समन्वय गरिरहेका छन् । उनले आफ्नो तर्फबाट तथा सरकारका तर्फवाट तत्कालै गर्नुपर्ने सम्पूर्ण उद्धारका कार्यहरुमा समेत आफै सम्लग्न रहेका छन् । सांसद वस्नेतले उद्धार, राहतका साथ साथै तथ्याङ्क संकलन गर्ने कार्य अघि वढिरहेको जानकारी दिएका छन् ।
आज बेलुकीसम्ममा वाढी तथा पहिरोमा परि भएको क्षतीको विवरण संकलन सक्ने र क्षतिको विवरण सार्वजनिक गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । बाढी प्रभावितलाई सरकारले राहत वितरण गर्दैछ ।










प्रतिक्रिया दिनुहोस्