असार २९, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले डाक्टरहरुले हड्ताल गरेर जनताको स्वास्थ्यमा खेलवाड तथा बिरामीको उपचार गर्दिन भन्न नपाइने बताएका छन् ।
शुक्रबार गुल्मीको छत्रकोट गाउँपालिकामा आयोजित कार्यक्रममा उनले सेतो एप्रोन लगाउनेहरुले बिरामीको उपचार गर्दिन भन्न नपाइने बताएका हुन् । उनले मेडिकल शिक्षामा देखिएका विकृति अन्त्य गर्न सरकार गम्भीर रहेको भन्दै जनतालाई सुपथ र सहज मूल्यमा सबैको पहुँचमा पुर्याउने बताए ।
मन्त्री ज्ञवालीले भने ‘विगतमा भएका गल्तीले गर्दा नै अहिले अनसन र आन्दोलनजस्ता समस्या देखिएका हुन्, त्यसको समाधानको लागि सरकार लागिपरेको छ । नागरिकलाई असर गर्छ, बिरामी मर्छ, भोकाको छाक रोकिन्छ,’ उनले भने, ‘यदि जनताले खान पाएनन् भने माइती घर मण्डलमा विरोध गर्दैमा लोकतन्त्र आएको महसुस हुँदैन ।’










प्रतिक्रिया दिनुहोस्