समाचार

टोल टोलमा प्रहरी : शान्ती सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन



असार ३०, काठमाडौं । टोल टोलमा प्रहरी अभियान -२०७५ ‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन’ भन्ने नारालाई उद्घोष गर्दै नेपाल प्रहरी र स्थानीय वासी टोल टोलमा गई अभिया सञ्चालन गरेका छन् ।

अभियानलाई सफल बनाउने उद्देश्य अनुरुप आज काठमाडौ १०, ३१ र ३२ वडाहरुलाइ संयोजन गरि बानेश्वर प्रहरी बृतका प्रहरी नायब उपरीक्षक श्री गोबिन्द राज काफ्लेले अब टोलमा हुने गुण्डागर्दी, लागुऔषध, सामाजिक बिकृती बिसगतिलाइ नियन्त्रण गर्ने कार्य अभियानको रुपमा अगाडी बढाउने योजना रहेको बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक श्री मनोज नेउपानेजको रहेको थियो । काठमाडौ महानगरिय प्रहरी परिसरका प्रमुख श्री बिश्वराज पोखरेल, प्रदेश सभाका माननीयहरुको बिशेष उपस्थितिमा प्रस्तुत गर्दै यहि श्रावण १ गतेदेखी टोल टोलमा परिणाममुखी ढंगले कार्यन्यनमा लैजान प्रहरिको टोलि खटाउने बचनबद्ता प्रकट गरे ।

त्यस्तै अभियानमा सहभागिहरुले पनि प्रहरीको यो अभियानमा पूर्ण रुपले समर्थन हुने बताए । त्यसमा प्रहरीले निरन्तरताको अपेक्षा समेत सर्वसाधारणले गरेका छन् ।