असार ३०, काठमाडौं । लायन्स क्लव अफ काठमाडौं गुल्मोहरद्वारा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
आज गुल्मोहरको आयोजनामा लायन्स बर्ष २०१८/१९ को पहिलो कार्यक्रम चावहिलस्थित गणेश मन्दिर सरसफाइ गरि शुभारम्भ गरेको हो । उक्त सरसफाइ कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एवं रिजन चेयरपर्षन लायन सन्दिप ब. क्षेत्री प्रमुख अतिथि रहेका थिए ।
प्रमुख अतिथि लायन सन्दिप पराजुलीले सफाई कार्यक्रम लगायत लायन्स र गर्नुपर्ने विविध विषयमा प्रकाश पारेका थिए ।
लायन्स बर्ष २०१/१९ मा environment protection अन्तर्गत मन्दिर सरसफाइ गरिएको र यो वर्षमा अन्य क्षेत्रमा र विषयमा प्रभावकारी कार्यक्रम गरिने कुरा क्लबका अध्यक्षले बताए ।
सरसफाइ कार्यक्रममा क्लबका अध्यक्ष लायन डम्बर लाल श्रेष्ठ, कार्यक्रम संयोजक लायन ईश्वर कार्की, प्रथम उपाध्यक्ष लायन रितु कार्की, कोशाध्यक्ष लायन रजनी पन्त, LCIF coordinator लायन राजिव श्रेष्ठ लगायत क्लबका अन्य पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्