असार ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले महिलालाई दिएको विशेष अधिकार अनुसार सामाजिक धरोहरका रुपमा काम गर्न महिला सांसदहरुलाई निर्देशन दिएका छन् ।
अखिल नेपाल महिला संघले पार्टीका प्रनिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको सम्मानमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रम ओलीले पार्टीका महिला सांसदहरुलाई देश र जनताको हितमा समर्पित हुन निर्देशन दिएका छन् । उनले संवैधानिक व्यवस्था अनुसार मर्यादित र संयमित ढंगले पार्टीका महिला सांसहरु अघि बढ्ने पार्टीको अपेक्षा रहेको बताए ।
वर्तमान सरकारको लक्ष्य नै विकास र समृद्धि भएकाले गाउँ गाउँदेखि उठी सरकारलाई सहयोग गरी नेपाललाई समृद्ध नेपाल र सुखी नेपाली बनाउनु पर्ने बताए । वतमान सरकारको काम कारवाही देखेर प्रतिपक्षि दलले विभिन्न वहानामा विकास र समृद्धि विरोधी कृयाकलापहरु गरीरहेको बताउँदै त्यसमा सजक भई दृढतापूर्वक प्रतिरोध गर्न आग्रह समेत गरेका छन् । प्रम ओलीले जे वोलीन्छ त्यही गर्नुपर्ने भन्दै वोलेका कुराहरुलाई व्यवहारमा उतारी जनमुखी कार्य गर्नुको कुनै विकल्प नभएको बताए ।
प्रधानमन्त्री ओलीले नेपालको सामाजिक आन्दोलनकी धरोहर योगमाया न्यौपानेले नेपाल र नेपाली आन्दोलनको खम्वाको रुपमा कार्य गरेको जसको उपलब्धी नै अहिलेको लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै उनको स्मरणमा आयुर्वेद अस्पताल स्थापना गर्ने योजना रहेको पनि बताए । योगमायाले देखाएको आन्दोलनको वाटोले नै नेपालमा समृद्ध नेपाल निमार्ण गर्न सकिने वताउँदै योगमायाले देखाएको बाटोमा हिड्न सम्पूर्ण महिला सांसदहरुलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सम्पूर्ण सदस्यहरुलार्ई प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सम्मान समेत गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्