समाचार

नारायणी नदीमा डुबेर १२ वर्षे बालक कुर्मी बेपत्ता



असार ३१, नवलपरासी । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–५ बलिनगर बस्ने केशकुमार कुर्मीका छोरा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर १२ वर्षे वालक विशाल कुर्मी बेपत्ता भएका छन् ।

बालकलाई प्रहरी र स्थानीयवासी मिलेर खोजी गरिरहेका छन् । हालसम्म बालक नभेटिएको रामनगर प्रहरी चौकीले जनाएको छ ।