असार ३१, काठमाडौं । के तपाईँ हतारिएर जेब्रा क्रसिङ वा आकाशे पुल बाहेकको स्थानबाट बाटो काट्दै हुनुहुन्छ रु यदि तपाई तोकेको ठाउँ वा जेव्राक्रसिङ तथा हवाई पुल भन्दा फरक ठाउँवाट क्रस गर्नुभयो भने ट्राफिक प्रहरीले कारवाही गर्ने भएको छ ।
ट्राफिक प्रहरीले कारवाही स्वरुप बाटो कसरी काट्ने भन्ने विषयमा प्रशिक्षण लिनु पर्नेछ । महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अुनसार उपत्यकाका विभिन्न चोकहरुमा जेब्राक्रस तथा आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रुलाई सडक पेटीमा ल्याएर प्रशिक्षण दिने निर्णय भएको छ ।
ट्राफिक प्रहरीले वाटो काट्न गल्ती गर्नेलाई बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साढे ६ बजेसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।










प्रतिक्रिया दिनुहोस्