असार ३२, एजेन्सी । विश्वकप फुटबलको फाइनलको चलिरहेको थियो । प्याराफिटबाट चार जना मैदानमा प्रवेश गरे । सुरक्षा अधिकारीहरु आएर उनीहरुलाई मैदानबाहिर लगे ।
रुसी अनलाइनका अनुसार मैदनामा प्रवेश गर्ने तीन जना महिला र एक जना पुरुषलाई रंगशाला नजिकैको प्रहरी चौकीमा लगिएको र उनीहरु मैदानमा प्रवेश गर्नुका कारणहरु :
- राजनैतिक बन्दीहरुलाई रिहा गर्न
- सामाजिक सञ्जालमा ‘लाइक’ गरेकै आधारमा जेल नहालियोस्
- राजनैतिक र्यालीमा गैरकानुनी धरपकड बन्द गर्न
- राजनैतिक प्रतिस्पर्धालाई स्थान दिइयोस्
- आपराधिक मुद्धालाई तोडमोड नगरियोस्
आइतबारको विश्वकप फाइनलमा रुसी राष्ट्रपतिको भ्लादिमिर पुटिनकै अगाडि प्रदर्शन गर्न सफल भएको बताउँदै ट्वीट गरेका छन् ।
Members of Pussy Riot interrupted the World Cup final — and right in front of Vladimir Putin pic.twitter.com/X7nte5royj
— NowThis (@nowthisnews) July 15, 2018
प्रतिक्रिया दिनुहोस्