साउन २, गोरखा । गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
रातीदेखि परेको अबिरल बर्षाका कारण बुधबार बिहान करिव ६ : ३० बजेतिर पहिरो पहिरो खस्दा अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको हो । पहिरोले एकै घरमा ३ जनाको मुत्यु भएपछि अधेरी गाउँ शोकमा डुवेको छ ।
पहिरोमा परी अन्य २ जना सामान्य घाइते भएको स्थानीयले बताएका छन् । सो स्थानमा उद्धारको निम्ती जिल्ला प्रहरी कार्यालय गोरखाले भने घटना स्थलतर्फ प्रहरी गइसेकेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्