राजनीति

डा. केसीको माग पूरा नभएसम्म संसद चल्न दिदैंनौं : नेता खाँण



साउन २, काठमाडौं । नेपाली काग्रेसका नेता तथा प्रमुख सचेतक बालकृष्ण खाँणले डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताएका छन् ।

कांग्रेसका शीर्ष नेताहरुबीच भएको छलफलमा संसद अवरुद्ध राख्ने निर्णय भएको जनाइएको हो ।  कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार भोलि पनि संसद अवरुद्ध हुने बताएका छन् । डा. केसीसँग भएको सहमतिका आधारमा विधेयक आउनु पर्ने र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने कांग्रेसको अडान रहेको छ।