साउन २, काठमाडौं । पुँजी बजार लगानीकर्ता संघबाट संघका अध्यक्ष नवराज सुवेदीलाई बखास्त गरीएको छ भने उनको ठाउँमा राधा पोखरेल नयाँ अध्यक्षको रुपमा प्रवेश गरेकी छिन् ।
पूर्व संघका अध्यक्ष सुबेदीले संस्थाको हित विपरित काम गरेको भन्दै निजलाई बर्खास्त गरिएको पूँजी बजार लगानीकर्ता संघले विज्ञप्ती मार्फत जनाएको छ । पूँजी बजार लगानीकर्ता संघलाई शेयर लगानीकर्ता पोख्रेलको नाममा नेपाल पूँजी बजार लगानीकर्ता संघ कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरीएको छ ।
पूँजी बजार लगानीकर्ता संघमा यस अघि पनी पदावहाली र दर्ता गर्ने विषयमा विवाद भएको थियो ।










प्रतिक्रिया दिनुहोस्