साउन ३, हेटौंडा । प्रदेश नं. ३ को प्रदेशसभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता नलिएसम्म प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसले सदन अवरोध गरेको छ ।
काग्रेसले केसीको माग सम्बोधन हुनुपर्ने, सभामुख र उपसभामुख एकै दलको भएको, मूल्यवृद्धि भएको, संविधान विपरित जनयुद्ध शब्दावलीको प्रयोग गरिएको, गिटी, ढुंगा, बालुवामा लगाइएको कर बढि भएको भन्दै सदन अवरोध गरेको हो ।
प्रदेशसभाको आजको बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची तय गरिएको थियो । गत जेठ २६ गते प्रदेशसभामा दर्ता गरिएको समितिको प्रतिवेदनमा काभ्रे, चितवन, भक्तपुर, नुवाकोट र मकवानपुरलाई प्रदेशको राजधानीमा सिफारिस गरिएको थियो ।
अवरोध पछि सभामुख सानुकुमार श्रेष्ठले बैठक भोली शुक्रबार ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी गराएका थिए ।










प्रतिक्रिया दिनुहोस्