राजनीति

राजनीतिमा उपलब्धी, सामाजिक र आर्थिक रुपमा दोस्रो दर्जा रुपमा लिनु दुःखद : मन्त्री थापा



साउन ४, काठमाडौं । महिला, वालवालिका तथा जेष्ठ मन्त्री थम माया थापाले नेपालमा महिलाले राजनीतिमा उपलब्धी हासिल गरे पनि सामाजिक र आर्थक रुपमा भने दोस्रो दर्जाकै रुपमा हेरिनु दुःखद भएको बताएकि छिन् ।

आज राष्ट्रिय महिला आयोगले आयोजना गरेको पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा वोल्दै मन्त्री थापाले आयोग एउटा महिलाको हक हितको लागि काम गर्ने शक्तिसाली संवैधानीक आयोग हुनुपर्ने बताइन् । कार्यक्रममा वोल्दै मन्त्री थापाले नेपालको संविधान अनुसार स्थानिय तहमा ४० प्रतिशत, प्रदेश तथा प्रतिनिधिसभामा ३३ प्रतिशत भन्दा वढी महिलाको सहभागिता रहेको बताउँदै महिला सामाजिक कुरिती, हिंसा, मानववेचविखन, हिंसा जस्ता कुराहरुको सिकार भइरहनु परेकोमा दुःख व्यक्त गर्दै आगामि दिनमा कानुन परिमार्जन गरी कानुन अनुसार कडाइका साथ कार्य अघि वढ्ने बताइन् ।

मन्त्री थापाले जनतामा सचेतनामुलक कार्यक्रम, गोष्ठि, तालिम, शिक्षा जस्ता कार्यहरु गर्नुपर्ने भन्दै महिला सम्बन्धी काम गर्ने सम्पूर्ण निकायहरु एक भई लाग्नुको कुनै विकल्प नभएको बताइन् ।

कार्यक्रममा ९ जना महिला अधिकार कर्मी तथा पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा चन्द्रकला (भगवती) क्षेत्री (नयाँ पत्रिका दैनीक), हरी गौतम (कान्तिपुर देनिक), मायाँ गुरुङ (प्रदेश नं. १), वविता कुमारी जैसवाल (प्रदेश नं. २), उमा कुमारी सुवेदी (प्रदेश नं. ३), रिता शर्मा (प्रदेश नं. ४), शारदा डाँगी (प्रदेश नं. ५), तिर्थकुमारी जिसी (सर्मिला) (प्रदेश नं. ६) र देवुकुमारी खाती (प्रदेश नं. ७) सम्मानित भएका छन् । उनीहरुलाई रु १५ हजारको साथमा दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो ।