साउन ६, काठमाडौं । तारा एअरको नयाँ ट्विनअटर विमान शनिबार काठमाडौं अवतरण गरेको छ ।
भाइकिङ ४०० श्रृंखलाको विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं आइपुगेको हो ।
विमानको चालक क्याप्टेन प्रभाकर घिमिरे, पवन सिंह नगरकोटी तथा प्रविधिक इन्जिनियर जगत लामा रहेका छन् ।
भाइकिङ ४०० श्रृंखलाको ट्विनअटर विमानले लुक्ला, डोल्पा, रारालगायतका विमानस्थलमा उडान भर्न सक्षम रहेको कम्पनीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्