साउन ६, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योग मन्त्री तथा सांसद महेश वस्नेतले पछिल्लो समय टोल टोलमा विकास निमार्णका कार्यहरुको अनुगमनलाई तिव्र वनाएका छन् ।
‘जहाँ महेश वस्नेत त्यहाँ विकास’ भन्ने जनभावनाको विकास गर्दै सांसद वस्नेतले आफ्नो अघिकाशं समय विकास निमार्णका कार्य, सामाजिक कार्य, अनुगमन तथा सुन्दर भक्तपुरको परिकल्पनामा व्यस्त रहेका छन् । निर्माण कार्य जिम्मा लिई कार्य सम्पन्न नगर्ने प्रवृत्तिको अन्त्य गराउने उद्घोषका साथ थालिएको अनुगमन पश्चात धेरै कार्यहरुले तिव्रता पाएका छन् भने केहीले निश्चित समयसिमा भित्र कार्य सम्पन्न गर्ने सम्बन्धीत ठेकेदारले प्रतिवद्धता व्यक्त गरेका छन् ।
सांसद वस्नेतको नेतृत्वमा त्यहाँका विभिन्न सरकारी तथा गैरसरकारी निकायले उल्लेख्य मात्रामा साथ र साहयोग प्रदान गरेका छन् । जसमा उपत्यका विकास प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, युवा तथा खेलकुद मन्त्रालय, घरेलु तथा उद्योग मन्त्रालय/कार्यालय, जिल्ला प्रहर कार्यालय, नेपाली सेना, शसस्त्र प्रहरी तथा सम्बन्धीत निकायद्वारा समृद्ध भक्तपुर निमार्णमा लागि परेका छन् ।
वर्तमान समयमा कार्य अघि वढेका विकास निर्माणका कार्यहरु
१. हनुमन्ते नदी सफाई अभियान
२. सडक स्तरोन्नती
३. सडक निमार्ण तथा विस्तार
४. सडक कालोपत्रे तथा ढल व्यवस्थापन
५. मोटरेवल पुल तथा झोलुङ्गे पुल
६. करिडोर निमार्ण
७. वर्षाका कारण डुवानमा परेका क्षेत्रमा रहत वितरण
८. डुवानका कारण भएको क्षतीको लगत संकलन
९. क्षतीभएका सामग्रीको विमा भएमा विमावाट क्षतीपूर्ती भुक्तानी
१०. विमा नभएका सामग्रीको नेपाल सरकारवाट व्यवस्था गराउने । इत्यादी ।
निकट भविष्यमा नै कार्य शुरु हुन गइरहेका योजनाहरु
१. अरनिको राजमार्गको चौडाई स्तरोन्नती
२. सुरुङ मार्ग निमार्ण
३. नदीको चौडाई सरकारको नियम अनुसार कार्यान्वयन
४. अरनिको राजमार्गमा ट्रफिक लाईटको व्यवस्था
५. अरनिको राजमार्गको वैकल्पीक मार्गको खोजी
६. भक्तपुरमा नै अन्तराष्ट्रिय रंगशाला निमार्ण
७. कवोर्डहल निमार्ण
८. शुद्ध खानेपानीको व्यवस्थापन
९. पर्यटन विकास र विस्तार
१०. स्मार्ट सिटी निमार्ण । इत्यादी ।










प्रतिक्रिया दिनुहोस्