शैक्षिक

सम्मान मिडिया प्रा.लि.द्वारा २ महिने भाषण तथा उद्घोषण तालीम सम्पन्न (फोटोफिचर)



साउन ७, काठमाडौं । सम्मान मिडिया प्रा.लि. कोटेश्वरले दुई महिले भाषण तथा उद्घोषण तालिम सम्पन्न गरेको छ ।

भाषण र उद्घोषणलाई उच्च प्राथमिकताका साथ सञ्चालनमा आएको एक प्राविधिक शिक्षालयको रुपमा उक्त मिडिया प्रा.लि.ले आफ्नो दक्षता तथा इमान्दारीता जनतामाझ पुर्याइरहेको छ । विगत लामो समयदेखि सेवा प्रदायक संस्थाको रुपमा परिचित उक्त मिडियो प्रा.लि.ले क्षमताको विकास गरी योग्य तथा दक्ष जनशक्ति निमार्णमा मुख्य केन्द्रविन्दुमा रही आफ्नो कार्यसम्पादन गरिरहेको छ ।

उक्त मिडिया प्रा।लि।ले भाषण तथा उद्घोषण तालिम लिएका प्रशिक्षार्थीहरुको लागी नैकाप स्थित नैकाप भिलेज रिसोर्टमा हिजो बन्भोज तथा प्रमाणपत्र बितरण कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख अतिथी गेटर नेपालका अभियन्ता तथा मेनेज्मेन्ट कन्सल्टेन्ट श्री सुरेन्द्र ढकाल, अतिथी नेपाल साकाहारी संघका उपाध्यक्ष श्री कृष्ण गुरुङ एवं कबि तथा साहित्यकार श्री नरेन्द्र नगरकोटिको उपस्थितिमा भब्यरुपमा समपन्न गर्यो । प्रशिक्षार्थी एवम् अन्य विभिन्न क्षेत्रका उल्लेख्य ब्यक्तिहरुको उपस्थितिमा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको प्रमुख प्रशिक्षक उमेश केसिले बताए ।

कार्यक्रममा प्रमुख अतिथि श्री सुरेन्द्र ढकालले नेपालको इतिहास र त्यो बेलाका सन्धी अनि बास्तबिक तथ्यगत कुरा नेपालले फिर्ता पाउन सकिने आधारहरु बिषयमा आफ्नो धारणाहरु ब्यक्त गरे ।