साउन ७, एजेन्सी । पाकिस्तानमा आत्मघाती हमलामा परी एक उम्मेदवारको हत्या भएकको छ भने दुई जना घाइते भएका छन् ।
मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएको हमलाले आम सर्वसाधरणमा मतदान गर्न जान नै त्रास उत्पन्न भएको छ भने निर्वाचनपूर्व सुरक्षा सतर्कता उच्च बनाइएको पाकिस्तानका सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले यस्ता अप्रिय घटना हुनसक्ने चेतावनी पहिले नै दिएको भए पनि जिल्ला प्रशासनले बेवास्ता गरेको भन्दै आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
पाकिस्तानमा हुने हरेक निर्वाचनमा उम्मेद्वारको हत्या हुने भएपनि सुरक्षा रणनीति नहुनु दुःखद पक्ष भएको भन्दै सरकारको आलोचना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्