राजनीति

षड्यन्त्रलाई निस्तेज पार्न सचेत तथा एकतालाई सुदृढ बनाउनुपर्छ : अध्यक्ष प्रचण्ड



साउन ७, काठमाडौं । नेपाल कम्युनिष्ट पर्टी (नेकपा)का अध्यक्ष, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा प्रतिक्रान्तिकारी शक्तिहरु सल्बलाइरहेकाले पार्टी भित्रको एकतालाई अझा वढी सुदृढ बनाउँदै अघि वढ्नु पर्ने वताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यष प्रचण्डले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने अभियानमा सहभागी हुन पुराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आह्वान गरेका छन् । अध्यक्ष प्रचण्डले मुलुकलाई समृद्ध बनाउने अभियान र कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने अभियानका विरुद्ध षडयन्त्र भइरहेको दावी गर्दै त्यसलाई गहिरोसँग आत्मसात गरेर जनतासँगको सम्बन्धलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहदेखि केन्द्रसम्म सुशासनको प्रत्याभूति दिलाउने काममा पार्टीको सिंंगो शक्ति परिचालन हुनुपर्नेमा जोड दिए। उनले पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीले ठूलो सफलता हात पारेको उल्लेख गर्दै त्यसलाई जोगाउन नसके त्यसले क्यान्सरको रुप लिन सक्ने तर्फ पनि सचेत गराए ।