राजनीति

कपिलवस्तुमा चन्दा आतंक विरुद्ध उत्रीयो प्रहरी : कानुनी कठाघरामा ल्याएरै छोड्ने प्रतिवद्धता



साउन ७, कपिलवस्तु । कपिलवस्तुमा मौलाउँदै चन्दा आतंक, चोरी निकासी, तस्करीको जालो अन्त्य गरेरै छोड्ने प्रतिवद्धता सहित नेपाल प्रहरीले अभियानकै रुपमा अघि बढाई कानुनी कठाघरामा उम्याएरै छोड्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

कपिलवस्तु जिल्ला क्षेत्र नं. ३ नेपाली काग्रेसका संसाद अभिषेक प्रताप शाहको टोलीले चन्दा आतंक मच्चाउन थालेका छन् भने चन्दा नदिएको रिसमा तस्करीको आरोप लगाउनसम्म भ्याएका छन् ।

नेपालका सिमावर्तीत क्षेत्रमा आफ्नो व्यापार व्यवसायलाई निरन्तरता दिईरहेका विभिन्न कम्पनीहरुमा काग्रेस निकट नेताले चन्दा असुल्ने गरेको तथ्य सार्वजनिक भएको छ । यसै क्रममा बहादुरगञ्जमा संचालनमा रहेको नेपाल इन्डो प्लाईउड फ्याक्ट्रिमा समेत चन्दा मागेका छन् । जसमा उक्त कम्पनीका संचालक रोमन सिल्पकारलाई रु २० लाख रकम चन्दा मागेको र त्यती ठूलो रकम आफुले दिन नसक्ने वताए पछि उनीमाथी तस्करीको अरोप लगाएको संचालन सिल्पकारले वताए । उनले एक दुई लाख भन्दा वढी दिन नसक्ने बताएपछि उनि माथी खनिएको संचालक सिल्पकारले जानकारी दिए । काग्रेस नेता तथा कार्यकर्ताले चन्दा माग्ने मात्र नभई नदिएको विषयमा विभिन्न वहानामा स्थानीय कार्यकर्ता लगाई आफुलाई धम्क्याउने गरेको जसका कारण आफु असुरक्षित समेत भएको सिल्पकारले वताए । उनलाई युरिया मलको तस्करी गरेको आरोप लगाइएको छ । सिल्पकारका अनुसार गुण्डा शैलिमा उनिहरुले विस लाखको ठाउँमा पाँच लाखसम्म भए पनि दिनै पर्छ भनि धम्याउने गरेको बताए ।

कृषकको नाममा सोही व्यक्तिहरुले एउटा ट्याक्टरमा १५ वोरा मल ल्याई जवरजस्ती आफ्नो फ्याक्ट्रीमा लगी तस्करीको प्रचार वाची गर्दै प्रहरी वोलाई दिन्छु भन्दै धम्याउने गरेको र त्यस पश्चात उनीहरुको गतिविधिलाई मध्यनजर गरी आफ्नै स्टाफले प्रहरी वोलाई उनीहरुलाई प्रहरीले पक्राउ गरेको संचालक सिल्पकारले जनाए । उनका अनुसार एसी मानोज यादवले भने फ्याक्ट्रको लागि सुरक्षा दिने तर त्यस्ता गुण्डा गर्दी गरी चन्दा आतंक गर्नेलाई एक रुपैया पनि नदिन आग्रह गरेका छन् । एसपी यादवले कहि कतै रकम दिएको जानकारी भएमा संचालकलाई नै कारवाही गर्ने चेतावनी समेत दिएको संचालक सिल्पकारले वताए ।

कपिलवस्तुका एसपी मनोज यादवका अनुसार सांसद शाहले तस्करी गर्न नपाएपछि विभिन्न वहानामा आफ्नो कार्यकर्तालाई प्रयोग गरी छापामार शैलीमा अनावश्यक उत्प्रेरक समहु प्रयोग गरी कानुनको दायरा भन्दा माथि उठी सार्वजनीक अपराधका कार्यहरु गर्ने गरेको बताए । यादवले सो ठाउँमा तस्करी तथा चोरी निकासीको अन्त्य गराउने अभियान सञ्चालन गरेकाले तस्करीमा संलग्न व्यक्तिहरुको व्यवसाय समाप्त हुने भए पश्चात राजनैतिक शक्तिको दुरुपयोग गरेको बताए । यादवका अनुसार सांसद शाहले जिल्ला प्रशासन तथा नेपाल प्रहरीलाई कुनै पनि जानकारी विना छापामार शैलीमा अनुसन्धान गर्ने भन्दै दुःख दिन गरेको समेत वताए ।

एसपी यादवका अनुसार कानुनको दायरामा रही जो कोहीलाई पनि कानुन भन्दा माथि उठी कार्य गर्न नदिने उद्घोष समेत गरेका छन् । यसै क्रममा उक्त फ्याक्ट्रीमा छापामार शैलिमा आएका चार जनालाई प्रहरीले पक्राउ गरेको र उनीहरुलाई सार्वजनिक मुद्धा चलाईने बताए । कानुनको अधिकारलाई कुण्ठीत गरी सांसदले यस्तो गैर जिम्मेवारी कार्य गरेकाले यस्ता प्रवृत्तिको अन्त्य गर्न र कानुनको कठाघरमा कुनै पनि हालतमा उभ्याउने बताए ।