राजनीति

काँग्रेसभित्र आन्तरिक विवाद, मस्यौदा समितिले पूर्णता पाउन सकेन



साउन ८, काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसमा आन्तरिक विवादका कारण मस्यौदा समितिले पूर्णता पाउन सकेको छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना पक्षका नेताको नाम नदिंदा विधान परिमार्जनका लागि गठित विधान मस्यौदा समितिले पूर्णता पाउन सकेको छैन ।

कृष्णप्रसाद सिटौला असन्तुष्ट बनेपछि समस्या आएको पौडेल पक्षका एक नेताले जानकारी दिए । पौडेल पक्षले अहिलेसम्म आफ्नो समूहबाट समितिमा बस्नेको नाम पठाउन सकेका छैनन् । पौडेल पक्षले नाम पठाउने बित्तिकै सभापति शेरबहादुर देउवा समिति गठन गर्न तयार भएको बताइएको छ ।

सभापति देउवाले विधान मस्यौदा समिति ९ सदस्य बनाउन प्रस्ताव गरेका छन् । जसमा संयोजकसहित पाँच जना देउवा समूहका रहने छन् भने पौडेल–सिटौलाबाट चार जना रहने छन् ।