साउन ८, काठमाडौं । राष्ट्रियसभाको आजको बैठक नेपाली कांग्रेसको अवरोधका कारण स्थगीत भएको छ ।
कांग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए । अध्यक्ष तिमिल्सिनाको पटक पटकको आग्रहपछि पनि कांग्रेसका सदस्यहरुले आसन ग्रहण नगरेकाले बैठक स्थगन गरिएको थियो ।
कांग्रेस सदस्यहरुले प्रमुख प्रतिपक्षीभन्दा अघि सत्ता पक्षका सदस्यलाई बोल्न समय दिएको भन्दै आपत्ति जनाएपछि केही समय प्रतिपक्षी दलका सदस्य र सत्तापक्षका सदस्यबीच बैठकमा भनाभन भएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक यही साउन ९ गते बिहान ११ बजे बस्नेछ ।










प्रतिक्रिया दिनुहोस्