राजनीति

कानुनमन्त्री तामाङले दिए राजीनामा



 साउन ८, काठमाडौं । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै आलोचना भएपछि कानुनमन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै कानुनमन्त्री तामाङले राजीनामा दिएको हो । पत्रकार सम्मेलनमा तामाङले आफू सधैँ नेपाली महिलाको सम्मानमा आच आउन नदिने कुरामा सजग  रहने बताए

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थियो ।