शैक्षिक

अस्पताल बन्द गरेको अपराध मानवता बिरोधि कलंकको इतिहासमा दर्ज हुनेछ : महासचिव महर



साउन ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियुका केन्द्रिय महासचिव ऐन महरले डा. गोविन्द केसीको नाममा सोतो काटधारीले अस्पताल बन्द गरेको अपराध मानवता विरोधि कलंकको एतिहासमा दर्ज हुने बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेखेको स्ट्याटस जस्ताको तस्तै

“सत्यग्रह”को आधारभूत अर्थ सत्यको सच्चाइ हो जुन अन्यायको विरोध गर्दछ, सत्याग्रहीले जीवनकालमा जुनसुकै प्रतिरिस्थितिमा पनि प्रतिद्वंद्वी विरुद्ध क्रोध लिनु हुँदनै । यस सिद्धान्तको अर्थ हो, “विरोधीलाई पीडित नगर्ने, तर परेशान बढाएर सत्यको रक्षा गर्ने ।”

सत्याग्रह मात्र आन्दोलनको स्वरुप होइन क्रुर हिंसात्मकदेखि निसस्त्र प्रतिरोधका धेरै स्वरूप छन तर सिद्धान्तत सत्याग्रह भनिसके पछि त्यसका केही मान्यताहरु हुन्छन जुनको न्युनतम रुपमा पालना गर्नुपर्छ होइन भने सत्याग्रह भनेर जुनसुकै नौटंकीलाइ मान्न सकिन्न। सत्याग्रह गर्नको लागी उच्च नैतिकता र ससस्त्र युद्ध गर्न भन्दा धेरै साहास चाहिन्छ जुन माहात्म्य गान्धीमा थियो मार्टिन लुथर किङ्गमा थियो । सत्याग्रह गर्न नैतिकता र जिम्मेबारीबोध चाहिन्छ नौटंकीकला होइन हाम्रा बिपी कोइराला र कृष्णप्रसाद भट्टराईमा त्यो नैतिकता र सत्याग्रहको सहास थियो तर अहिले जो सुकैको सनकलाइ सत्याग्रह मान्दिनु पर्छ तर ति तथाकथित सत्याग्रहका उग्रबादी प्यालाहरुले के बुझ्नु पर्छ भने ढिपी, घृणा र निषेध मिलाएर सत्याग्रह बन्दैन त्यसको लागि सत्य, प्रेम र आग्रह चाहिन्छ । 

अब हेरौ सत्याग्रहीको भाषा :-

१. माग पूरा नभए आगो लगाउने हो 
२. यहाँ ३० हजारको ज्यान जान सक्छ
३. ओली गुन्डा हो 
४. प्रचण्ड अपराधी हो 
५.  यि अपराधी टाउको कटुवा हुन 
६.  माग पूरा नभए सरकार ढाल्लिन्छ 
७. ब्रह्माण्डका एक नम्बर सन्त डाक्टर केसीलाइ सिधा आँखाले हेर्ने अपराधी हुन्
८. आकास, धर्ती, पातल काहिँ नपाउने विद्वानहरुले बनाको माथेमा प्रतिवेदन कार्यान्वयन नगर्ने मानवता बिरोधि हुन् ।  इत्यादि । 

गान्धीको त छोडौ हाम्रा किसुनजीले ‌यि उत्तर आधुनिक सत्याग्रहीका भाषा सुनेका भए के भन्थे होला  ?अचम्म लाग्छ । 

हुनत डाक्टर केसी अत्यन्त सम्मानित हुन्, उनका बिरुद्ध बोल्ने उपयुक्त समय यो होईन तर उनलाइ मोहोरा बनाएर लुटको स्वर्गको निरन्तरता दिनेहरुको अन्त्य गर्न अब चाहि ढिलो गर्नु हुँदैन, सेता कोटाधारीले केसीको नाममा अस्पताल समेत बन्द गरेर गरेको अपराध चाहि मानवता बिरोधि कलंकको रुपमा इतिहासमा दर्ज हुनेछ ।