साउन ९, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र नेपाल बङ्गलादेश बैंकले सयुक्त रुपमा प्रदान गर्दै आएको ‘काठमाडौं पुलिस अवार्ड’ असार महिनाको उत्कृष्ट प्रहरीमा डिएसपी कुलदिप चन्द र दानवहादुर मल्लले डिएसपीको पुरस्कार प्रदान गरिएको छ ।
बुधबार परिसरका असार महिनाको उत्कृष्ट डिएसपीको पुरस्कार वृत्त कमलपोखरीका डिएसपी चन्द र वृत्त दरबारमार्गका डिएसपी मल्लले हात पारे । मल्लले दरबारमार्ग क्षेत्रमा लागुऔषध, वन्यजन्तुको छाला लगायत बरामद गरेका थिए भने चन्द लागुऔषध, हतियारसहित भारतीय नागरिक पक्राउ गरेर चर्चामा आएका मात्र थिएनन् कि आम नेपाली सर्वसाधारणको मन मुटुमा वस्न समेत सफल भएका थिए । विभिन्न अपराधिक क्रियाकलापमा संलग्नहरुलाई कानुनको कठाघरमा ल्याई राष्ट्र र राष्ट्रियताको पक्षमा कार्य गरी चर्चा बटुलेका थिए ।
यस्तै इन्पेक्टरतर्फ महानगरिय प्रहरी प्रभाग नागढुङ्गाका केशव भट्ट र प्रभाग फर्पिङका विष्णु सोती उत्कृष्ट प्रहरी निरीक्षक घोषित भए । भट्टले असारमा नागढुङ्गा नाकामा २ दिनमा ९ किलो सुन समातेर चर्चा कमाएका थिए ।
यस्तै सइतर्फ श्याममणि पोखरेल, विजय भण्डारी, असईमा कालीमाटी महिला सेलकी निर्मला ओझा, कमलपोखरीका पदम थापा, हवल्दारमा बलबहादुर सैजवाल, लालबहादुर तामाङ र जवानमा सविन थापा र तुलसीराम भट्टराई उत्कृष्ट घोषित भएको जेनेन्द्र विर शाही ठकुरीले जनाएका छन् ।
उत्कृष्ट हुनेहरुलाई परिसर र वैंक विच भएको सहमति अनुसार सम्मान गर्दै १० हजारदेखि ५० हजारसम्म वितरण गरिएको थियो ।
परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले इमान्दारीतापूर्वक राम्रो काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई दण्डको व्यवस्था गर्ने बताए । एसएसपी पोखरेलले आफू र आफ्नो संगठन काठमाडौंलाई अपराधमुक्त बनाउने अभियानमा लागेकोले सवै संगठन तथा आम नागरिकले यसमा साथ दिनुपर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्