नेपाल सरकारसँग देशभित्र र बाहिर कति सम्पत्ति छ भन्नेबारे जानकारी स्वंम सरकारलाई समेत छैन । यो खबर आजको नयाँ पत्रिकामा छ ।
सरकारसँग भएको कुल सम्पत्तिको अहिलेसम्म मुल्यांकन पनि भएको छैन । यो जिज्ञासाको समाधान गर्न अब सरकारी सम्पत्तिको एकीकृत अभिलेख राखिने भएको छ ।
सोही प्रयोजनका लागि मापदण्ड बनाउन मालेखा नियन्त्रक कार्यालयले एक कार्यदल गठन गरी कामसमेत सुरु गरिसकेको महालेखा नियन्त्रक रामकुमार आचार्यले बताए ।, अहिले जुन सरकारी नियकाको सम्पत्ति हो, उसले मात्र लगत राख्ने परिमाण र मुल्यको सम्पत्ति छ भन्नेबारे सरकारलाई जानकारी छैन ।










प्रतिक्रिया दिनुहोस्