साउन १०, काठमाडौं । नेपाल वायु सेवा निगम (एनएसी) ले दोस्रो वाइडबडी विमान भित्र्याएसँगै विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले भव्य रुपमा स्वागत गरिएको छ ।
ए ३०३-२०० सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानमा अवतरण भएको हो ।
युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको उक्त जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।
निगमका अनुसार दुवै वाइड बढी विमानको सिट क्षमता समान रहेको छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।










प्रतिक्रिया दिनुहोस्