साउन १०, काठमाडौँ । डाक्टर गोविन्द केसीको मागलाई सम्बोधन गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका दुई दर्जनभन्दा बढी चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।
डा. गोविन्द केसीको माग सम्बोधन गर्दै दबाब दिँदै शिक्षण अस्पताल महाराजगंजको सडकमा प्रर्दशनमा उत्रिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका चिकित्सकलाई नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको छ ।
चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै डा. केसीले अनसन बसेको बिहीबार २७ औं दिन पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्