साउन १०, एजेन्सी । बुधबार भएको पाकिस्तानमा संसदीय चुनावमा अहिलेसम्मको नतिजा अनुसार पूर्व क्रिकेटर इमारन खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ(पीटीआई) ११३ सिटमा अगाडि रहेको छ ।
२७२ संसदीय सिटमा मतगणना जारी छ । आम चुनावको परिणाम आउने क्रम जारी छ । ठूलो दलका रुपमा उदाउँदै गरेको पीटीआईका नेता तथा पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्ने पक्का जस्तै भएको छ ।
पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग(नवाज) ६९ सिटमा अगाडि रहेको छ । पूर्व राष्ट्रपति आसिफ अली जरदारीको पार्टी पाकिस्तान पिपल्स पाटी(पीपीपी) ३८ सिटमा अगाडि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्