राजनीति

नेकपाका विद्यार्थी संगठनको एकताको तयारी अन्तिम चरणमा : ३ वटा उपसमिति गठन



साउन १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियु तथा अनेरास्ववियु क्रान्तिकारी विच एकताको अन्तिम चरणमा पुगेको छ ।

एकताको निम्ती तीनवटा उपसमिति गठन गरेको छ । जसले आजदेखिनै काम शुरु गरेको छ ।

राजधानीमा आज बसेको दुई विद्यार्थी एकता कार्यदलको बैठकले राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण, विधान मस्यौदा र संगठन समायोजन उपसमिति गठन गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताएकी छिन् ।

उपसमितिलाई १० दिनभित्रमा कार्यदललाई प्रतिवेदन बुझाउन भनिएको छ । उपसमितिले प्रतिवेदन बुझाएपछि एकता प्रक्रियालाई अन्तिम रुप दिइने छ ।

त्यस्तै संगठन समायोजन उपसमितिमा अनेरास्ववियुको तर्फवाट ऐन महर, आरती लामा, समिक बडाल, सुदर्शन शिवाकोटी रहेका छन् भने अखिल क्रान्तिकारीबाट उत्तम अधिकारी, इन्द्र भुषाल, दिपक जोशी, जिपी मौनाली रहेका छन् ।

विधान मस्यौदा उपसमितिमा अनेरास्ववियुको तर्फवाट रश्मी आचार्य, सुनिता वराल, आरसी लामिछाने र सुदेश पराजुली रहेका छन् भने अखिल क्रान्तिकारीको तर्फवाट सुरेन्द्र वस्नेत, दिपक देवकोटा, विजय गौतम, दिपेश पुन रहेका छन् ।

त्यस्तै राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण उपसमितिमा अनेरास्ववियुको तर्फवाट महेश वार्तौला, शैलेश लामा, ओसिम आलम, मकर खड्का, झपिन्द्र खत्री रहेका छन् । त्यस्तै अखिन क्रान्तिकारी तर्फवाट तिलकराज भण्डारी, पञ्चा सिहं, रविकिरण यादव, मिलन एमसी तुकमान महरा रहेका छन् ।