शैक्षिक

आन्दोलन गर्ने मानिसको नैसर्गिक अधिकार भन्दैमा अरुको अधिकार हनन् गर्नु हुँदैन : सांसद वस्नेत



साउन १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योग मन्त्री तथा सांसद महेश वस्नेतले आन्दोलन गर्ने मानिसको नैसर्गिक अधिकार भन्दैमा अरुको अधिकार हनन् गर्नु नहुने वताएका छन् ।

आज नेपाल टेलिभिजमा समसामयिक विषयमा अन्र्तवार्ता दिदै सांसद वस्नेतले प्रजातन्त्र भनेको कुनै अराजकतन्त्र नभएकाले मानिसले आफ्नो अधिकारको साथमा आफ्नो कर्तव्यलाई भुल्नु नहुने बताए । नेपाली काग्रेस लगायतका विपक्षिदलहरुले माइतिघर लगायतका सार्वजनिक स्थलमा आन्दोलन गर्न सरकारले लगाएको वन्दको विरोधमा भइरहेको आन्दोलनका विषयमा वोल्दै सांसद वस्नेतले आन्दोलन गर्न पाउने या नपाउने भन्ने विषयमा छलफल गरी सरकारले गरेमा उत्तम हुने धारणा प्रस्तुत गरे ।

वर्तमान स्थिर सरकारले अवका दिनमा कुनै प्रकारको राजनैतिक, सडक तथा सदन आन्दोलन वा वन्द हड्तालको अन्त्य गरी आर्थिक तथा समृद्धिको लागि लाग्नुपर्ने बताए । नेपाली काग्रेसले विभिन्न वहानामा सडक तथा सदनमा आन्दोलन गरी सरकारलाई विफल वनाउने प्रयास गरेको बताए ।

डा. गोविन्द केसीसँगको वार्ता नेपाली काग्रेसकै कारण भएको भन्दै डा. केसीको बहानामा काग्रेसले सदन अवरुद्ध गरी निर्वाचनका आचार संहिताको समयमा गरेका राजनैतिक नियुक्ति, सरुवा, वढुवा लगायतका कुराहरुको वार्गेनिङ गरेको बताए । उनले नेपाली काग्रेसले डा. केसीलाई बचाउनु भन्दा मृत्यु सैयामा पुर्याउने खेल खेलेको समेत बताए ।

सांसद वस्नेतले सर्वोच्चताको पक्षमा व्याख्या गर्ने नेपाली काग्रेसले पछिल्लो समय धेरै तल झरेर कार्य गरेको बताए ।

प्रतिपक्षिदलले सरकारलाई असफल वनाउने प्रयास स्वरुप आगामि असोज ३ सम्म सवै विधेयकहरु पास गरिसक्नु पर्ने भएकाले त्यसलाई रोकने प्रयास भईरहको बताए । अहिलेको समयमा लोकतान्त्रीक गणतन्त्रकोलाई संस्थागत गर्न ऐन, नियम तथा संविधान निमार्ण नै प्रमुख कार्य भएकाले सवै मिली त्यसमा लाग्न अनुरोध समेत गरेका छन् ।

फरक प्रशङ्ग वोल्दै थानकोट नागढुङ्गगा सडक निमार्णकार्य अदालतले दिएको स्टेअर्डरका कारण सडक विस्तारमा केही समस्या आएको वताए ।