Banner News

आज १ बजे सासद बैठकः दलहरु आन्तरिक छलफलमा



साउन, ११ काठमाडौ । डा गोविन्द केसीका माग सरकारले सम्वोधन गर्ने सहमति भएपछि सहमतिले नयाँ मोड लिएको छ । अब चिकित्शा शिक्षा विधेयकलाई कसरी अगाडी बढाउने भन्नेमा दलहरुले आन्तरिक छलफल चलाएका छन् । सत्तासिन दल र प्रतिपक्ष दललले बिहानै आकस्मिक बैठक बोलाएका छन् ।

आजको संसद बैठकअघि सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । सत्तासिन दलको संसदीय दलको बैठकले चिकित्सा शिक्षा विधेयकमा दलको धारणा तय गर्नेछ । संसदको कामकारवाहीका विषयमा पनि छलफल हुने उपनेता सुवास नेम्वाङले जानकारी दिए । कांग्रेसले भने आजको संसदमा कसरी प्रस्तुत हुने भन्नेमा छलफल गर्नेछ ।
त्यसरी नै यवस्थापिका संसदको बैठक आज १ बजे बस्दैछ । लामो समयदेखि नेपाली कांग्रेसले अवरुद्ध गरेको बैठक आजदेखि भने चल्ने भएको छ ।
डाक्टर गोविन्द केसीका मागका विषयमा सहमति भएपछि संसद चल्नेछ ।
बैठकमा चिकित्सा शिक्षा विधेयकसहित सरकारले पेश गर्न खोजेका अरु विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।