विश्व

भारतले नेपाललाई २ अर्ब १० करोड रुपैयाँ अनुदान सहयोग



साउन ११, काठमाडाैं । भारतले  भूकम्प पछिको पुर्ननिर्माणका  नेपाललाई २ अर्ब १० करोड ४३ लाख रुपैयाँ  सहयोग  गरेको  छ ।

शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदुत मञ्जिभसिंह पुरीले अर्थ सचिव राजन खनाललाई २ अर्ब १० करोड ४३ लाख नेपाली रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्  ।

उक्त रकमले  गोर्खा र नुवाकोटमा भुकम्प प्रभावितका लागि ४२ हजार ८६ वटा निजी घर निर्माणमा प्रयोग गरिने अर्थमन्त्रालयले जनाएको छ ।