राजनीति

नेकपाको इन्जिनियरिङ जनवर्गिय संगठनको ‘एकताको घोषणा’ भोली हुने



साउन ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को इन्जिनियरिङ जनवर्गिय संगठनको ‘एकताको घोषणा’ भोली हुने भएको छ ।

साउन १२ गते शनिबार दुइ बजे नेकपाको इन्जिनियरहरुको जनबर्गिय सङठनको एकता घोषणा हुने भएको छ । अध्यक्ष द्वय सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचन्डले कुपन्डोल ब्यङ्क्वेट भब्य कार्यक्रमका बिच घोषणा गर्न लागिएको इन्जिनियर सन्जिब रोकाहाले जानकारी दिएका छन् ।

इन्जिनियरहरुको दुई संगठन प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पेपान) र नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन) विच एकता भई प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल हुने भएको छ ।

समृद्ध नेपाल र सुखी नेपाली भन्ने मुख्य लक्ष्य राज्यले लिएको समयमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र विच पार्टी एकता पश्चात भातृ संगठनहरुको एकता तिव्र रुपमा अघि वढिरहेको बेला इन्जिनियरहरुको एकतालाइ नजिकबाट हेरिएको छ ।

भोलीको एकताबाट मुलुक कै सक्तिशाली इन्जिनियर सङठन बिधिवत रुपमा आउने आम बिस्वास लिइएको छ । भोलीको कार्यक्रममा पार्टी महासचिव लगायत शिर्ष नेताहरुले सम्बोधन गर्ने आयोजकले जानकारी दिएको छ ।