साउन १२, गैडाकोट । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलन गर्नु नेपाली काग्रेसको रहर नभई वर्तमान सरकारले वाध्य बनाएको बताएका छन् ।
कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई सम्वोधन गर्दै सभापति देउवाले सरकार आफैंले आन्दोलनका लागि निम्तो दिएको बताएका छन् । कम्युनिष्टहरु स्वभावले नै प्रजातान्त्रिक हुन नसक्ने भन्दै उनले सरकार अधिनायकवादतर्फ जान खोजेको आरोप लगाए ।
सभापति देउवाले भने ‘कम्युनिष्टहरु दुई पार्टी एक भए, हामी भने दुई पार्टी झै भयौं, अन्तरघातका कारण २५ देखि ३० सिटसम्म हारेका छौं ।’ त्यस्तै सभापति देउवाले अन्तरघातको रोग नहटेसम्म कांग्रेस पछाडि परिरहने धारणा व्यक्त गरे ।
त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट अधिनायकवादसँग लड्न कांग्रेस बलियो र एकढिक्का हुनुपर्ने बताए । संविधानको रक्षाका साथमा संघिय लोकतान्त्रीक गणतन्त्रको रक्षा एवं सम्बद्र्धन गर्ने पार्टी नेपाली काग्रेस मात्र भएको बताए । वर्तमान सरकारको काम कारवाही एकतन्त्रीय शासन जस्तो भईरहेकाले त्यसलाई तोड्न काग्रेस कुनै पनि मुल्य चुकाउन तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्