शैक्षिक

जनहितको काममा काग्रेसको साथ जहिले पनि हुनेछ : सभापति देउवा



साउन १२, चितवन । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले जनहितमा भएका कामहरुमा काग्रेसले जहिले पनि साथ दिने वताएका छन् ।

भरतपुरको होटल ग्लोबलमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई भेट गरि भरतपुर महानगरपालिकाको विकास निर्माण बारेमा चासो देखाउँदै मध्य नेपालको विच भागमा पर्ने भरतपुरमा नमुना महानगर बनाउन सुझाव दिएका थिए ।

स्थानियस्तर सहमति छलफल गरेर विकासका काम गर्नुहोस् पूर्व प्रधानमन्त्री देउवाले भरतपुरका बिकास निर्माणका सबै कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

सो अवसरमा मेयर रेनु दाहालले भरतपुर महानगर भित्र निर्माण हुन लागेको सभा हल, अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला, महानगरीय रिगं रोड, लिकं रोडहरू लगायत विकास निर्माणका बारेमा गहन छलफलसगैँ विविध विषयमा जानकारी गराएकी थिईन् ।

भेटघाटपछि मेयर रेनुले भनिन् पूर्व प्रधानमन्त्री देउवा आएर विकासका बारेमा चासो लिदाँ थप हौसला प्रदान भएको छ । जनहितका लागि अवरोध गर्ने कामलाई प्रतिबन्ध गर्नेछु ।