शैक्षिक

तीन वर्षभित्र पूर्व पश्चिम राजमार्ग चार लेनको हुने



साउन  १३,  काठमाडौं ।  नेपाल  सरकारले पूर्व पश्चिम राजमार्ग चार लेनको बनाउने तयारी गरिरहेको छ ।

दुई लेनको राजमार्गमा गाडीको चाप र दुर्घटना जोखिम बढेपछि चार लेनको बनाउने तयारी भएको हो। बुटवलदेखि काँकडभिट्टासम्म पहिलो  र बुटवलदेखि कञ्चनपुरसम्म दोस्रो चरणमा निर्माण हुने  मन्त्रालय जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ वर्षभित्र चार लेनमा विस्तार गर्नेगरी योजना अघि बढाएको छ। राजमार्गलाई चार लेनको बनाउनका लागि टेण्डर आह्वान हुन लागेको मन्त्रालयले जनाएको छ।