साउन १३, पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएपछि यात्रु समस्यामा परेका छन् ।
भारी वर्षाका कारण पहिरो गई पाल्पाको तिनाउ गाउँपालिका-३ हेडबक्समा पहिरो गएको हो । पहिरोका कारण आइतबार बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको हो । पहिरो नरोकीएका कारण वाटो वनाउन समस्या भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा पाल्पा हुँदै विभिन्न जिल्लाबाट बुटवलतर्फ आइरहेका र बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र यात्रु बीचमै रोकिएका छन् । सडक खुल्न केही घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्