साउन १३, काठमाडौं । बीमा विद्येयक २०७५ संघीय संसदमा प्रस्तुत भएसँगै विधेयक जस्ताको त्यस्तै पारित भएमा समितिका बर्तमान अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरु पदमुक्त हुने भएका छन् ।
संघीय संसदको आइतबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा विद्येयक २०७५ प्रस्तुत गरेका हुन् ।
अर्थमन्त्री खतिवडाले बीमा समिति परिवर्तन गरी बीमा प्राधिकरण बनाउन लागिएको बताए । बीमा व्यवसायमा कार्टेलिङ, फर्जी बीमाको दाबी नहोस र गल्ती गर्नेले उन्मुक्ति नपाओस् भन्नका लागि बीमा समितिलाई बलियो बनाउन बीमा प्राधिकरणको अवधारणा अघि सारिएको अर्थमन्त्रीको भनाइ छ । सरकारले खास वर्ग, क्षेत्र र उमेर समुदायलाई निशुल्क स्वस्थ्थ बीमा गरिने व्यवस्था गरिएको बताउँदै उनले सबैसामु बीमाको पहुँच पुर्याउने लक्ष्य रहेको प्रष्ट पारे ।










प्रतिक्रिया दिनुहोस्