कार्यरत कम्पनीले सडकमा निकालिदिएपछि साउदी अरबमा अलपत्र परेका ३६ नेपालीको अवस्था झन् नाजुक बन्दै गएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।
सम्झौता अनुसारको काम र दाम नदिएको भन्दै ड्युटी नगएका कारण गत असार ३२ गते सडकमा निकालिएका नेपाली कामदारहरुको अवस्था झन्–झन् नाजुक बन्दै गएको हो ।
समाचारका अनुसार सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एण्ड एडभरटाइजिङ कम्पनीमा क्याट्रिङको कामका लागि भन्दै २०७४ फागुन १ गते साउदी अरब पुगेका ३८ मध्ये ३६ नेपाली हाल उद्धारको प्रतिक्षामा बसिरहेका छन् । असार ३२ गते ड्यूटी नगएकामा कम्पनीले झोला, कपडा लगायत बन्दोबस्तीका सामग्री सडकमै निकालिदिएको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेबी बिश्वकर्माले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्