साउन १४, काठमाडौं । भारतीय ग्राण्ड डिजाइनमा शसस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल र नेपाली काग्रेसका सांसद अमरेश कुमार सिंहको मिलेमतोमा सिमा सुरक्षामा रहेका शसस्त्र प्रहरी फिर्ता वोलाउने निर्णयसँगै सिमा सुरक्षा अस्तव्यस्त हुने देखिएको छ ।
काग्रेस सांसद शाह तथा आइजिपी खनालले संघिय संरचनालाई लत्याउँदै विभिन्न वहानामा देश र जनताको सुरक्षा लत्याउँदै सिमामा खटेका शसस्त्र प्रहरीलाई आगामि विहिवारदेखि फिर्ता वोलाउने भएको छ । यसवाट सिमा सुरक्षामा त चुनौति थपियो नै त्यसभन्दा माथि राष्ट्रिय सुरक्षामा चुनौति थपिएको छ । सिमा क्षेत्रमा मुख्य भुमिकामा रहेको शसस्त्र प्रहरीलाई फिर्ता वोलाउने निर्णय गर्नुमा सांसद सिंह, आइजिपी खनालको साथमा भारतीय पक्षको खेल रहेको देखिएको छ ।
विभिन्न वहानामा सिमा आतिक्रमणमा तल्लीन रहेको भारतले आगामि दिनमा अझ वढी सिमा अतिक्रमण गर्न सहजता देखिएको छ । नेपाली सुरक्षालाई आर्थिक तथा आफ्नो व्यक्तिगत स्वार्थले चुनौति दिने प्रयास हुनु आम नेपाली जनताको लागि दुःखद कुरा हो । अनेकौं वहानामा स्वार्थीय भावनामा अभिप्रेरित भई शसस्त्र प्रहरीमा भएको संरचना परिवर्तनले सिङ्गो संगठन ध्वस्त हुने देखिएको छ ।
शसस्त्र प्रहरी वलले सिमा सुरक्षामा तैनाथ रहदाँ त नेपालीले आफ्नो भुमी रातारात गुमाउनु परेको छ भने आगामि दिनमा सिमामा रहेका आम नेपालीको भविष्य के होला ? भन्ने प्रश्न चिन्ह खडा भएको छ । त्यस्तै क्याविनेको वैठकले कसरी विस्कृति दियो भन्ने आम नेपालीमा प्रश्न चिन्ह खडा भएको छ ।
संघिय संरचना अनुसार सरुवा वढुवा गर्नुपर्नेमा आइजिपी खनालले आर्थिक चलखेलमा पुरानै प्रणालीमा सरुवा वढुवा गरेको खुल्न आएको छ । उनले आर्थिक चलखेलमा लागि प्रशासनका प्रत्येक युनिटहरुका लेखापाल सरुवा गर्दा पाँचलाखको कमिसन लिएको तथ्य खुल्न आएको छ । त्यस्तै एसपीको सरुवामा खनालले चार लाख कमिशन लिने गरेको निकट स्रोतले बताएको छ । उनले आर्थिक चलखेलको लागि इनिस्पेक्टर द्वय प्रेम सिंह विष्ट र गणेश मल्ललाई प्रयोग गर्ने गरेको स्रोतले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्