राजनीति

काँग्रेसको आज उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन



साउन १५, काठमाडौं ।  सरकारविरुद्ध  विपक्षी दल काँग्रेसले आज काठमाडौं उपत्यकासहित देशभर विरोध  प्रदर्शन गर्दैछ ।

कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सार्दै सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन आयोजना गरेको हो ।

शान्तिबाटीकाबाट सुरु हुने जुलुस, भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटीकामा आएर कोणसभामा परिणत हुने छ ।

झापा, मोरङ, सुनसरी, रूपन्देही, कास्की चितवलगायतमा करिब ८ हजार बढी कार्यकर्ता सडकमा उतार्ने केन्द्रीय कार्यालयलाई जानकारी गराएको छ । यस्तै, प्रदेश २ का सबै जिल्लामा कार्यकर्ताको बाक्लो सहभागिता रहने कांग्रेसले जनाएको छ ।