साउन १५ काठमाडौँ । श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकलाई सुरक्षित र व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा जान रोक लगाइएको बताएका छन् ।
विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारका लागि पठाइने बताए ।
मन्त्री विष्टले दशकौंदेखि वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न केही समय लाग्ने बताउँदै वर्तमान सरकारले विदेशमा काम गर्ने नेपाली युवा नठगिउन भन्ने उद्देश्यले कार्य गरिरहेको प्रष्ट पार्नुभयो । वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको बताउँदै शिक्षा, रोजगार, स्वास्थ्य आवासजस्ता जनताको मौलिक अधिकार संरक्षणका लागि सरकारले कानून निर्माण गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्